एसिया कप: बंगलादेशको दोस्रो जित

काठमाडौं। बंगलादेशले एसीसी एसिया कप टी२० क्रिकेटमा दोस्रो जित दर्ता गरेको छ।
अबु धाबीमा मंगलबार सम्पन्न समूह बी काे खेलमा बंगलादेशले आफगानिस्तनालाई ८ रनले पराजित गरेकाे हाे।
बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको आफगानिस्तनाले पुरै ओभर खेले पनि १४६ रन मात्रै बनाउन सक्यो।
आफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाउँदा अज्मतुल्लाह ओमारजाईले ३० कप्तान रासिद खानले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता, बलिङतर्फ बंगलादेशकाे लागि मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद तस्किन अहमद र रसद हुसेनले समान दुई विकट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले तान्जिद हसनकाे अर्धाशतकसहित ५२ रनकाे मद्यतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएकाे थियाे।
जितसँगै तीन खेलबाट चार अंक जाेडेकाे बंगलादेशकाे सुपर फाेरकाे सम्भावना काम छ भने पराजित आफगानिस्तनाकाे सम्भावना न्युन बनेकाे छ। यस समूहमा दुई खेलमा दुवै जित हासिल गरेकाे श्रीलंका शीर्ष स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |