← समाचारमा फर्कनुस्
भारतलाई हराउँदै बंगलादेशले जित्यो यु–१९ एसिया कपको उपाधि

काठमाडौँ । बंगलादेशले भारतलाई हराउँदै यु–१९ पुरुष एसिया कप क्रिकेटको उपाधि जितेको छ।
यूएईमा आइतबार बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा ३९ रन बनाउँदा अलआउट भयो।
भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए। बंगलादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशलेका लागि मोहम्मद शिबाब जेम्सले ४० रन बनाए। भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले समान दुई विकेट लिए।
बंगलादेशले पाकिस्तानलाई र भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए। एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भएको एसिया कपमा नेपाल पनि सहभागी भएको थियो। नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |