← समाचारमा फर्कनुस्
Top Headlines Aug 16, 2026 · Swadesh

अस्ट्र्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

अस्ट्र्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

बंगलादेशले अस्ट्रेलियालाई आइतबार उसकै भुमिमा पहिलो पटक टेस्ट क्रिकेटमा हराएको छ र यो शानदार नौ विकेटको जित रह्यो । जितका लागि ५७ रनको मात्र लक्ष्य पाएको बंगलादेशले १ विकेट गुमाएर त्यसलाई हात पारेको हो ।

टेस्टको चौथो दिन लञ्चपछि अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएपछि घरेलु टिम हारको संघारमा पुगेको हो । बंगलादेशली बलर मेहदी हसनले ६६ रनमा पाँच र हसन महसुमले ५६ रनमा तीन विकेट लिएपछि अस्ट्रेलियाले खुलेर खेल्न सकेन् ।

अस्ट्रेलियाका लागि लागि क्यामरुन ग्रिनले १ सय ४ रन बनाए र यो नै एक मात्र ब्याटबाट उल्लेखनीय प्रदर्शन रह्यो । बंगलादेश जितसम्म पुग्दा मोनिनुल हक ३० र सदमन इस्लाम २५ रन बनाए र नटआउट रहे । बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हराएको यो दोस्रो पल्ट मात्र हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →