विरानगरलाई हराएर लुम्बिनी क्वालिफायनर वानमा

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन शनिबारको खेलमा विरानगर किंग्सलाई चार विकेट पराजित गरेको छ र यससँग क्वालिफायर वानका लागि छनोट भएको छ ।
यो जितपछि लुम्बिनीको ११ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । हारले विरानगर छ अंका सीमित रह्यो र प्रतियोगिताबाट बाहिरिएको छ । यसससँग शीर्ष चार स्थानमा रहने टिमको पनि टुंगो लागेको छ ।
अब लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमान्डु गोर्खाज र चितवन राइनोज प्ले अफ खेल्नेछन् । क्वालिफायरन वान र इलिमिनेटर खेल्ने टिमको निर्णय भने आइतबारका खेलबाट हुनेछ । आइतबार लिग चरणका अन्तिम दुई खेल रहेका छन् ।
त्यसमध्ये पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा काठमान्डु गोर्खाज र पोखरा एभजेर्न्ज भिड्ने छन् । जितका लागि १ सय ६७ रन पछ्याएको लुम्बिनीले छ विकेटमा १ सय ६८ रन बनाएको थियो ।
लुम्बिनीलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो र त्यो दोस्रो अन्तिम बलमा प्राप्त भएको थियो । लुम्बिनीका लागि ओपनर जोडी डार्सी सर्ट र आसिफ सेखले ८६ रनको साझेदारी गे ।
सर्ट ४५ र आसिफ ४५ रन बनाएर अलआउट भएको छ । त्यसपछि अलि सेखले २७ र सन्दीप जोराले २५ रन बनाए । रुबेन ट्रम्पलमेनले विजयी छक्का प्रहार गरे ।
लुम्बिनीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । यसक्रमा विरानगरले चार विकेटमा १ सय ६६ रन बनाएको थियो । त्यसमा चरिथ असलन्काले ४३ रनमा ६४ रन बनाए ।
उनले एक चौका छ र छक्का प्रहार गरे । यस्तै शुभम रन्जने २४ बलमा ३१ रन बनाएर नटआउट रहे । लुम्बिनीका बलरमध्ये किशोर महतोले २४ रनमा दुई विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |