चितवनको प्ले अफ सम्भावना जीवन्त

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा शुक्रबार जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै आफ्नो प्ले अफ खेल्ने सम्भावना जीवन्त राखेको छ । जितका लागि ८९ रनको लक्ष्य पाएको चितवनले छ विकेट गुमाएर १७.२ ओभरमा ९२ रन बनायो ।
जितपछि चितवनको छ खेलबाट सात अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । उसका लागि डाविड मालनले नटआउट रहेर ३५ रन बनाए । यस्तै कुशल मल्लले १५ रनको योगदान दिए । राहुल यादवले तीन विकेट लिए पनि त्यसले जनकपुरलाई केही फाइदा गरेन् ।
चितवनको जितले पुछारका तीन टिम जनकपुर, कर्णाली याक्स र पोखरा एजेन्जर्सको प्ले अफ पुग्ने सम्भावना समाप्त भएको छ । पहिलो संस्करणको विजेता र कर्णालीको चुनौती चितवनको जितपछि सकिएको हो । जनकपुर र कर्णाली चार अंकमै सीमित रहे ।
टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो र यसक्रममा २० ओभरमा नौ विकेट गुमाएर ८८ रन बनाएको थियो । यसमा कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । चितवनका बलरमध्ये रञ्जित कुमारले दुई रन मात्र दिएर तीन विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |