सुदूरपश्चिम लगातार प्ले अफमा

सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा शुक्रबार काठमान्डु गोर्खाजलाई सात रनले पराजित गरेको छ र प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । यो जितपछि सुदूरपश्चिमको दस अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ ।
यो नतिजापछि सुदूरपश्चिम शीर्ष चारमा रहने निश्चित भएको छ । यसअघिका दुई संस्करणमा क्वालिफायर वान खेलेको सुदूरपश्चिम प्ले अफ पुगेको यो लगातार तेस्रो पल्ट हो । जितका लागि १ सय २६ रन पछ्याएको काठमान्डुले सात विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो ।
काठमान्डुलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो र त्यसलाई हेमन्त धामीले रक्षा गरे । सुदूरपश्चिमको यो लिग चरणमा अन्तिम खेल हो । काठमान्डुले भने एक खेल खेल्न बाँकी छ र यो प्रतियोगिताबाट बाहिरिसकेको पोखरा एभेन्जर्सविरुद्ध रहेको छ ।
काठमान्डुका लागि रसिद खानले सबैभन्दा बढी ३५ रन बनाए । काठमान्डु गोर्खाजले टस जितेर सुदूरपश्चिमलाई पहिल ब्याटिङको निम्तो दिएको थियो । यस क्रममा सुदूरपश्चिमले छ विकेटमा १ सय २५ रन बनाएको थियो । खराव सुरुआत लिएको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए ।
उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै थिरुन्दु रत्नायेकेले २६ रन बनाए र नटआउट पनि रहे । काठमान्डुका बलरमध्ये जहानदाद खानले २२ रनमा तीन विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |