← समाचारमा फर्कनुस्
Football Jun 12, 2024 · Swadesh

सर्लाहीको बागमतीले जित्यो 'सी' डिभिजनको उपाधि

सर्लाहीको बागमतीले जित्यो 'सी' डिभिजनको उपाधि

काठमाडौं । सर्लाहीको बागमती युवा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न लिगको अन्तिम खेलामा बागमतीले पुल्चोक स्पोर्ट्स क्लबसँग गोलरहति बराबरी खेल्दै लिगको उपाधि उचालेको हो।

बराबरीको नतिजासँगै यस सिजन १३ खेलबाट ३० अंक जोडेको बागमती पहिलो प्रयासमै लिग च्याम्पियन बनेको हो। यसअघि गत सिजन मात्रै बागमती सी मा चढेको थियो। 

यस्तै मंगलबार नै भएको अर्को खेलमा सानेपासँग ३–२ ले पराजित आरसी–३२ दोस्रो स्थानमा रहेको छ। उनले १३ खेलबाट २६ अंक जोड्यो। यस्तै २२ अंक जोडेको पुल्चोक तेस्रो स्थानमा रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →