केपी ओली टी२० क्रिकेटमा बागमतीको विजयी शुरूआत

काठमाडौँ– बागमती प्रदेशले केपी ओली टी२० क्रिकेट प्रतियोगितामा सुखद शुरूआत गरेको छ।
पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो।
१८४ रनको लक्ष्य पछ्याएको आयोजक १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो। बागमतीको धारिलो बलिङसामु आयोजक समालिन सकेन।
कप्तान सन्दीप लामिछानेले चार ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए।
सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिँदै आयोजकको इनिङ्स सस्तैमा रोके।
बागमतीले टस हारेर पहिले ब्याटिङको निम्तो पायो।
अर्का ओपनर शुभ कंसाकार पनि २२ बल खेल्दै २७ रनमा रनआउट भए। शुभले ४ चौका र १ छक्का हिर्काए। इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए।
पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको इनिङ्स ओपनर रितले अगाडि बढाएउँदै अन्तिमसम्म पुर्याए।
एकेडेमीका केसीले तीन ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए। सन्देथ थापा र सन्तोष यादवले समान १-१ विकेट लिए।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहति मेडल र ट्रफी प्राप्त गर्ने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |