TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Mar 22, 2026 · Swadesh

बागमती २०० रनमै समेटियो, एपीएफको सहज जित

बागमती २०० रनमै समेटियो, एपीएफको सहज जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश २०० रनमै समेटिँदा सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबले सहज जित दर्ता गरेको छ।


४५।१ ओभरमा अलआउट भएको बागमतीका लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए। सुवास खत्रीले २७ रन जोड्दा रिजन ढकाल २० रनमा अविजित रहे। अन्य ब्याटरले राम्रो सुरुआत गरे पनि ठूलो इनिङ्स खेल्न नसक्दा टोली दबाबमा परेको थियो।


बागमतीको सुरुआत भने खराब रह्यो। पहिलो विकेट ९ रनमै गुमाएको टोलीले लगातार अन्तरालमा विकेट गुमाउँदै खेलमा पकड बनाउन सकेन। ७१ रनसम्म पुग्दा चार विकेट गुमाइसकेको बागमती मध्यक्रममा पनि सम्हालिन सकेन।


एपीएफका लागि रोहित पौडेल र अविशेक गौतमले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए। रोहितले १० ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिएर किफायती प्रदर्शन गरे। गौतमले पनि १० ओभरमा ४३ रन दिँदै ३ विकेट झारे। कमल ऐरी, नन्दन यादव र युवराज खत्रीले समान १–१ विकेट लिए भने अमर रौतेलाले अन्तिम विकेट हात पारे।


यसअघि एपीएफले ५० ओभरमा २७१ रन बनाउँदै बागमतीसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →