← समाचारमा फर्कनुस्
Football Sep 16, 2024 · Swadesh

महिला लिग : बागमती र चन्द्रपुरले अंक बाँडे

महिला लिग : बागमती र चन्द्रपुरले अंक बाँडे

काठमाडौं । बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

एन्फा महिला लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्।

बराबरीसँगै पाँच खेलमा ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रह्यो। बागमती भने पाँच खेलबाट चार अंकका साथ सातौं स्थानमा उक्लिएको छ।

आइतबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशविरुद्ध ६–० को फराकिलो जित निकाल्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →