← समाचारमा फर्कनुस्
बाबर आजमले छाडे पाकिस्तान क्रिकेट टिमको कप्तानी

काठमाडौँ– बाबर आजमले पाकिस्तानको क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका छन्।
एकदिवसीय विश्वकप–२०२३ मा टिमले खराब प्रदर्शन गरेपछि सामाजिक सञ्जालमार्फत क्रिकेट टिमको नेतृत्व छाडेको घोषणा गरेका हुन्।
उनले आफूले सबै फर्म्याटको कप्तानी छाडेको घोषणा गरेका छन्। यद्यपि, उनी टिममा खेलाडीका रूपमा भने रहने छन्।
उनले सामाजिक सञ्जालमा सबै फर्म्याटको कप्तानी छोड्ने मुस्किल निर्णय लिएको बताएका छन्। यद्यपि आफ्नो निर्णयका लागि यो सही समय भएको उनको भनाइ छ। “आजबाट मैले सबै फर्म्याटको कप्तानी छाडेको छु। यो मुस्किल निर्णय भए पनि यसका लागि यो सही समय हो,” उनले एक्समा लेखेका छन्।
उनी २०१९ मा पाकिस्तानको क्रिकेट टिमको कप्तान बनेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |