जोर्डनमाथि अस्ट्रियाको रोमाञ्चक जित

अस्ट्रियाले विश्वकप २०२६ को समूह ‘जे’ मा बुधबार जोर्डनमाथि ३–१ को रोमाञ्चक जित दर्ता गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियमा अस्ट्रियाले विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई हराएर तीन अंक बटुलेको छ र समूहको दोस्रो स्थानमा रह्यो ।
समूहको यसअघि भएको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको थियो । गोल अन्तरको आधारमा डिफेन्डिङ च्याम्पियन समूहको शीर्ष स्थानमा रह्यो । अस्ट्रियाले २१ औं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा रोमानो स्मिडलेले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो ।
जोर्डनले खेलको ५० औं मिनेटमा अस्ट्रियाविरुद्ध बराबरी गोल फर्काएको छ र यो अलि ओलवनको नाममा रह्यो । यो जोर्डनका लागि विश्वकपमा पहिलो गोल पनि रह्यो । खेलको ६७ औं मिनेटमा याजन अल अरबले आत्मघाती गोल गरेपछि प्रतिस्पर्धा अस्ट्रियाको पक्षमा मोडिएको हो ।
इन्ज्युरी समयको १२ औं मिनेटमा मार्को आरनटोभिचले पेनाल्टीबाट तेस्रो गोल थपे । त्यस अगाडि खेलको ६७ औं मिनेटमा मार्को आरनटोभिचले नजिकको दूरीबाट गोल गरे पनि त्यसले मान्यता पाएको थिएन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women