← समाचारमा फर्कनुस्
Cricket Aug 22, 2026 · Swadesh

अस्ट्रेलियालाई १ सय १ रनको अग्रता

अस्ट्रेलियालाई १ सय १ रनको अग्रता

अस्ट्रेलियाले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शनिबार १ सय १ रनको अग्रता लिएको छ । म्याकेयीमा सुरु भएको टेस्टको पहिलो दिन नाटकीय रह्यो र त्यसैक्रममा दुवै टिमका गरेर १८ विकेट झरेका थिए ।

पहिले ब्याटिङ गरेको बंगलादेश ६४ रन मात्र बनाएर अलआउट भएको थियो । माइकल स्टार्कले १२ रनमा ६ विकेट लिएपछि बंगलादेश धरासायी भएको थियो । प्याट कमिन्सले पनि २५ रनमा ३ विकेट लिए । जवाफमा दिनको खेल टुंगिदा अस्ट्रेलियाले ८ विकेटमा १ सय ६५ रन बनाएको छ ।

घरेलु टिमका लागि क्यामरुन ग्रिन ५१ रन बनाएर खेलिरहेका छन् । यस्तै स्टिभ स्मिथले ४२ रन बनाए । बंगलादेशका लागि सोरिफुल इस्लामले पनि घातक बलिङ गरे र उनले ३५ रनमा ६ विकेट लिइसके । बंगलादेश दुई टेस्टको सिरिजमा १–० ले अगाडि छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →