भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौँ– तेस्रो टी२० आई सिरिजमा अस्ट्रेलियाले भारतमाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको छ।
ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अस्ट्रेलियाले अन्तिम बलमा लक्ष्य पूरा गरेको हो।
गुवाहाटीमा जितका लागि पाएको २२३ रनको लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। अस्ट्रेलिया मध्यक्रमका ब्याटर ग्लेन म्याक्सवेल १०४ रनमा अविजित रहे। उनले ४८ बलमा ८ चौका र ८ छक्का प्रहार गरे।
यो म्याक्सवेलको टी२० आई करिअरको चौथो शतक हो। यससँगै उनले टी२० आईमा भारतका रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन्।
भारतका रवि विश्रोईले २ विकेट लिए। आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहका नाममा समान १–१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। भारतका ऋतुराज गायकवाड १२३ रनमा अविजित रहे। उनले ५७ बलमा १३ चौका र ७ छक्का प्रहार गरे।
यससँगै अस्ट्रेलिया सिरिजमा २–१ ले पछि छ। भारत पहिलो खेलमा ५५ रन र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |