← समाचारमा फर्कनुस्
Cricket Nov 29, 2023 · Nepalsports

भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौँ– तेस्रो टी२० आई सिरिजमा अस्ट्रेलियाले भारतमाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको छ।

 ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अस्ट्रेलियाले अन्तिम बलमा लक्ष्य पूरा गरेको हो। 

गुवाहाटीमा जितका लागि पाएको २२३ रनको लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। अस्ट्रेलिया मध्यक्रमका ब्याटर ग्लेन म्याक्सवेल १०४ रनमा अविजित रहे। उनले ४८ बलमा ८ चौका र ८ छक्का प्रहार गरे।

 यो म्याक्सवेलको टी२० आई करिअरको चौथो शतक हो। यससँगै उनले टी२० आईमा भारतका रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन्। 

भारतका रवि विश्रोईले २ विकेट लिए। आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहका नाममा समान १–१ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। भारतका ऋतुराज गायकवाड १२३ रनमा अविजित रहे। उनले ५७ बलमा १३ चौका र ७ छक्का प्रहार गरे।

यससँगै अस्ट्रेलिया सिरिजमा २–१ ले पछि छ। भारत पहिलो खेलमा ५५ रन र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →