← समाचारमा फर्कनुस्
Football Oct 29, 2023 · Nepalsports

अस्ट्रेलियासँग न्युजिल्यान्ड पराजित

अस्ट्रेलियासँग न्युजिल्यान्ड पराजित

काठमाडौँ– अस्ट्रेलियाले विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ।

धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाए।

न्यूजील्याण्डका लागि रचिन रविन्द्रले सर्बाधिक ११६ रन बनाए भने जिम्मी निशामले ५८, डार्यल मिचेलले ५४ रन बनाएका थिए । 

अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २-२ विकेट लिए त्यस्तै ग्लेन म्याक्सवेलले एक विकेट लिए

टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा अलआउट हुदै ३८८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले १०९ रनको शतकीय पारी खेलेका थिए भने डेभिड वार्नरले ८१ रन बनाएका थिए । 

त्यसैगरी ग्लेन म्याक्सवेलले ४१ रन बनाएका थिए भने जोश इंगलिसले ३७, मिचेल मार्शले ३६ रन बनाएका थिए ।

न्यूजील्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिपले ३-३ विकेट लिए भने मिचेल सान्टनरले २ विकेट लिए

जितपछि अंक तालिकामा अस्ट्रेलिया ८ अंकसहित चौथो स्थानमा छ। 

न्युजिल्यान्ड पनि समान ८ अंकसहित तेस्रो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →