← समाचारमा फर्कनुस्
Cricket Oct 26, 2023 · Nepalsports

नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलो जित

नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलो जित

काठमाडौं-आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि जित दर्ता गरेको छ।

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर ३९९ रन बनायो।

उसका लागि ओपनर डेभिड वार्नरले १०४ र ग्लेन म्याक्सवेलले १०६ रनको पारि खेले। 

अस्ट्रेलियाका स्टेभन स्मिथले ७१ रन बनाउँदा मार्नस लावुसेनले ६२ रन बनाएका थिए

नेदरल्याण्ड्सका लोगन भान विकले ४ विकेट र बास डी लिड्सले २ विकेट हात पारे। 

४०० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २१ ओभरमा ९० रनमात्रै बनाउन सक्यो।

 उसका लागि बिक्रमजित सिंहले सर्वाधिक २५ रन र तेजा निदमनरुले १४ रन बनाए। 

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए। 

मिचेल मार्सले २ विकेट हात पारे।

योजितसँगै अस्ट्रेलियाले पाँच खेलबाट छ अंक बटुल्दै सेमिफाइनलमा स्थान बलियो बनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →