अस्ट्रेलिया जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं। अस्ट्रेलियामा हुने टप इन्ड टी–२० शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले आइतबार टोलीलाई बिदाइ गरेकाे हाे।
आगामी टी२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले अगस्ट १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।
नेपालले पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ। आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ।
यसैगरी नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
नेपालले सहभागिता जनाउने टी२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |