TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Feb 11, 2026 · Swadesh

टी-२० विश्वकप : अस्ट्रेलियाको विजयी सुरुवात

टी-२० विश्वकप : अस्ट्रेलियाको विजयी सुरुवात

काठमाडौं । अस्ट्रेलियाले भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ । 


बुधबार सम्पन्न खेलमा समूह 'बी' मा रहेको अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । 


चोटका कारण समस्यामा रहेको अस्ट्रेलियाको जितमा नेथन एलिसले महत्वपुर्ण चार विकेट आफ्नो नाममा गर्दै प्लेयर अफ द म्याच भए । एडम जाम्पाको नाममा पनि चार विकेट रह्यो । ब्याटिङ तर्फ भने मार्कस स्टोइनेसले २९ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । जस इङ्लीस १७ बलमा ३७, म्याट रेन्शो ३३ बलमा ३७ तथा क्यामरन ग्रिन ११ बलमा २१ रन बनाउँदै आउट भए । 


अस्ट्रेलियाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६ दशमलब ५ ओभरमा १ सय १५ रनमा समेटियो । आयरल्याण्डका लागि जर्ज डकरेलले २९ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४१ रनमा आउट भए । लोर्कन टोर्कल २७ बलमा २४, गारेथ डिलेनि ११ तथा मार्क अडिर १२ रनमा आउट भए । 


पहिलो खेलमा जितसँगै अस्ट्रेलिया समूह बी को शीर्ष स्थानमा छ । लगातार दुई खेलमा पराजित आयरल्याण्ड अंकबिहिन रुपमा चौथो स्थानमा छ । आयरल्याण्ड पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । 


बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो । ट्वान्टी २० विश्वकपको इतिहासमा पहिलो पटक उक्त खेलमा दुई सुपर ओभर भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →