← समाचारमा फर्कनुस्
Cricket Nov 17, 2023 · Nepalsports

अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ– आइसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको छ।

अस्ट्रेलियाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको हो।

अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पूरा गर्‍यो। 

अस्ट्रेलियाका लागि ओपनर ट्रेविस हेडले अर्धशतक प्रहार गरे। ४८ बलको सामना गरेका ९ चौका र २ छक्का प्रहार गर्दै उनले ६२ रन बनाए। 

स्टिभ स्मिथले ३०, डेभिड वार्नरले २९, जोस इंग्लिसले २८, मार्नस लाबुसेनले १८ रन जोडे। अस्ट्रेलियाले १७ अतिरिक्त रन पायो।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कट्जी र तबरेज शम्सीले २-२ विकेट लिए।

यसअघि इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा २१२ रनमा अल आउट भएको थियो।

दक्षिण अफ्रिकाका लागि डेविड मिलरको शतक बनाए। हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए। 

एक समय २४–४ को अवस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौँ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। 

अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन। 

अस्ट्रेलियाका प्याट कमिन्स र  मिचेल स्टार्कले ३-३ विकेट लिए। त्यस्तै, ट्रविस हेड र जोस हेजलवुडले २-२ विकेट लिए।

फाइनल खेल आइतबार हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →