नामिबियालाई पराजित गर्दै अस्ट्रेलिया सुपर आठमा

काठमाडौं। नामिबियालाई पराजित गर्दै अस्ट्रेलिया आइसिसी टी२० विश्वकपको सुपर एटमा पुगेको छ।
बुधबार बिहान सर विवियन रिचर्ड्स स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गरेको हो।
नामिबियाले दिएको ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाउँदै ७४ रन बनायो।
अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए। १७ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
डेविड वार्नर २० रनमा आउट हुँदा कप्तान मिचेल मार्श १८ रनमा अविजित रहे। नामिबियाका डेविड वीजाले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो।
जितसँगै अस्ट्रेलियाले ६ अंक जोड्यो। अस्ट्रेलियाले समूह बी को खेलमा ओमानलाई ३९ र इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको थियो। अब अस्ट्रेलियाले समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ। स्कटल्यान्ड तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ।
नामिबियाको दुई अंक रहँदा इङ्ल्यान्डको एक र ओमान अंकविहीन छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |