← समाचारमा फर्कनुस्
Cricket Jan 22, 2025 · Swadesh

अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य

अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ।

वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो। 

दुई ओपनरसहित कप्तान लुसी ह्यामिल्टनलाई १४ रनमै गुमाएको अस्ट्रेलियाले ब्रेको इनिङ्सले खेलमा पुनरागमन गरेको हो। 

३४ बल खेलेकी उनले तीन चौका र तीन छक्कासहित सर्वाधिक ४५ रन बनाइन्। उनले एलेनोर लारोसासँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरिन्। उनलाई १२.६ ओभरमा रिया शर्माले सिमाना केसीबाट क्याच गराएकी हुन्। लारोसाले भने ३१ रनको योगदान दिइन्। हसरत गिल ३० र क्लो आइन्सवर्थ १६ रनमा अविजित रहिन्।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक तीन विकेट लिइन्। सिमनाको नाममा दुई र रियाको नाममा एक विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →