← समाचारमा फर्कनुस्
Cricket Nov 20, 2023 · Nepalsports

अस्ट्रेलियालाई छैटौँ पटक क्रिकेट विश्वकपको उपाधि

अस्ट्रेलियालाई छैटौँ पटक क्रिकेट विश्वकपको उपाधि

काठमाडौँ– अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। 

योसँगै अस्ट्रेलियाले छैटौँ पटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको हो।

अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो। 

अस्ट्रेलियाले ४३ ओभर खेल्दै भारतले दिएको २४१ रनको लक्ष्य पूरा गरेको हो।

ट्रेविस हेड र मार्नस लाबुसेनले अस्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गरे। 

ट्रेविस हेडले शतक प्रहार गरे। १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै १३७ रन जोडे। त्यस्तै, लाबुसेनले ५८ रनको योगदान दिए। 

उनले ११० बलमा ४ चौका प्रहार गरे। डेविड वार्नर र स्टिव स्मित दोहोर अंक नजोड्दै आउट भए।

यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो।

भारतका केएल राहुलले १०७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाउँदा विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे।

 कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनको योगदान दिए। भारतका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। 

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ३ विकेट, जोश हेजलवुड र प्याट कमिन्सले २-२ विकेट लिए। त्यस्तै, एडम जाम्पाले र ग्लेन म्याक्सवेल १-१ विकेट लिए।

एकदिवसीय विश्वकप क्रिकेटको उपाधि विजेता अस्ट्रेलियाले उपाधिसँगै चार ४० लाख अमेरिकी डलर (३३ करोड ३१ लाख भारु) पाउने भएको छ।

 उपविजेता भारतले २० लाख अमेरिकी डलर (१६ करोड ६५ लाख भारु) पाउनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →