← समाचारमा फर्कनुस्
Cricket Nov 19, 2023 · Nepalsports

टस जितेर पहिला बलिङ गर्दै अष्ट्रेलिया

टस जितेर पहिला बलिङ गर्दै अष्ट्रेलिया

आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियालेभारतविरुद्ध टस जितेको छ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ। 

५ पटकको विश्वविजेता अस्ट्रेलियाले पनि उपाधिका लागि कुनै ‘कसर’ बाँकी राख्ने छैन।

भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो।

अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।

भारतले हालसम्म ३ पटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ। जसमध्ये २ मा जित हात पारेको छ।

अस्ट्रेलियाले ७ पटक फाइनल खेल्दा ५ पटक उपाधि चुमेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →