← समाचारमा फर्कनुस्
Cricket Aug 08, 2025 · Swadesh

अस्ट्रेलियाले एसेज ५–० ले जित्ने दाबी

अस्ट्रेलियाले एसेज ५–० ले जित्ने दाबी

भर्खरै इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्टको सिरिज सकियो । अबको तीन महिनापछि एक अर्को ठूलो टेस्ट सिरिज सुरु हुँदैछ र यो रहेको छ, एसेज २०२५–२०२६ । विश्व खेल इतिहासकै सबैभन्दा पुरानो प्रतिद्वन्द्वी हो, यो । यो पहिलो पल्ट सुरु भएको थियो, सन् १८८२–१८८३ मा ।

 

अबको सिरिज अगाडि एउटा ठूलो दाबी अगाडि आएको छ र त्यसले भविष्यवाणी गरेको छ, अस्ट्रेलियाली भूमिमा हुने सिरिजमा घरेलु टिम मज्जाले ५–० ले विजयी हुनेछ । अर्थात इंग्ल्यान्डको नमीठो हार तय छ । यस्तो दाबी गर्ने हुन्, अस्ट्रेलियाकै पुराना फास्ट बलर ग्लेन म्याकग्रा ।


यिनलाई त विश्व क्रिकेटले लिजेन्ड भन्दा हुन्छ । उनी भन्छन्, ‘म क्रिकेटमा यस्तो हुन्छ यस्तो हुन्न भनेर भनिरहने मान्छे होइन् । तर मलाई लाग्छ, यसपल्टको सिरिजमा अस्ट्रेलिया ५–० ले विजयी हुन्छ । अहिलेको अस्ट्रेलियाली टिमलाई लिएर म धेरै आत्मविश्वासी छुं, यो निकै बलियो टिम रहेको छ ।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →