अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको छ।
शुक्रबार सम्पन्न खेल सुपर आठको खेलमा अस्ट्रेलियाले जित हासिल गरेको हो ।
यो जितसँगै दुई अङ्कसहित अस्ट्रेलिया पहिलो र समान अङ्क जोडेको भारत दोस्रो स्थानमा छन्। पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्। उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर १४० रन बनाएको थियो।
जवाफी ब्याटिङमा अस्ट्रेलियाले ११।२ ओभरमा केवल दुई विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो।
वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो। अस्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे। वार्नरले केवल ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे।
अर्का ओपनर ट्राभिस हेडले पनि टोलीको खातामा ३१ रन थपे। उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरे।
ओपनरद्वय वार्नर र हेडले ६५ रनको साझेदारी गरेका थिए। कप्तान मिचेल मार्स भने एक रनमै पेभेलियन फर्किएका थिए। ग्लेन म्याक्सवेलले पनि टोलीका लागि अविजित १४ रनको योगदान गरे। उनले केवल ६ बलमा एक छक्का र एक चौका पनि हिर्काए।
बलिङतर्फ बंगलादेशका लागि रिसाद होसैनलले दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |