विश्वकपमा अष्ट्रेलियाले लगातार दोस्रो जित

आइसीसी टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार विहान सकिएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो।
अष्ट्रेलियाले दिएको २०१ रन बनाएको पछाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले पनि उत्कृष्ट सुरुवात गरेको थियो। फिल साल्ट र कप्तान जोस बटलरले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरे। यो साझेदारी आठौं ओभरमा तोडियो। साल्ट २३ बलमा ३७ रन बनाएर एडम जाम्पाबाट बोल्ड भए। बटलर पनि २८ बलमा ४२ रन बनाएर आउट भए। उनको विकेट १०औं ओभरमा ९२ रनमा खसेको थियो। विल ज्याक १० र जोनी बेयरस्टो ७ रनमा आउट भए। मोइन अली पनि १५ बलमा २५ रन बनाएर आउट भए।
लियाम लिभिङस्टोनले १२ बलमा १५ रन बनाएर १९औं ओभरमा १५२ रनको स्कोरमा आउट भए। ह्यारी ब्रुकले १६ बलमा २० रन बनाएर अविजित रहे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कमिन्सले २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि डेभिड वार्नरले ट्राभिस हेडसँग मिलेर अस्ट्रेलियालाई शानदार सुरुवात गराए। उनीहरुले पहिलो ५ ओभरमा ७० रन बनाएका थिए। यो साझेदारी मोइन अलीले तोडेका थिए। अलीले अष्ट्रेलियाका वार्नरलाई ३९ रन बनाएका बेला आउट गरे। वार्नरले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए।
अर्को ओभरमा हेड पनि आउट भए। हेडले १८ बलमा ३४ रन बनाए। कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेलले छिटो रन बनाएर स्कोर १३९ मा पुर्याए। मार्सले २५ बलमा ३५ रन बनाए। उनको इनिङ्समा दुई चौका र दुई छक्का सामेल थिए। म्याक्सवेलले २८ रनको इनिङ खेले।
अस्ट्रेलियाले १६औं ओभरमा १५० रनको अंक पार गरे पनि १७औं ओभरमा १६८ रनको स्कोरमा टिम डेभिडको विकेट गुमाएको थियो। उनी ११ रन बनाएर आउट भएका थिए। अन्त्यमा मार्कुस स्टोइनिसले १७ बलमा ३० रन र म्याथ्यु वेडले १० बलमा नटआउट १७ रन बनाएर आफ्नो टोलीको स्कोर २०० भन्दा माथि पुर्याएका थिए। इङ्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक दुई विकेट लिए।
जितसँगै अष्ट्रेलिया २ खेलमा ४ अंकसहित समूह बी मा शीर्ष स्थानमा पुगेको छ। योसँगै इंग्ल्याण्ड २ खेलमा १ अंक जोडेर चौथो स्थानमा छ भने २ खेलमा ३ अंक जोडेको स्कटल्यान्ड दोस्रो र नामिबिया २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |