← समाचारमा फर्कनुस्
Football Aug 20, 2024 · Swadesh

एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे

एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे

काठमाडौं । स्पानिस ला लिगामा एट्लेटिको मड्रिड र भियारियलले बराबरी खेल्दै अंक बाँडेका छन्।

गएराति भएको खेलमा एट्लेटिको मड्रिड र भियारियलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

घरेलु मैदानमा भियारियालले अग्रता लिए पनि कायम राख्न नसक्दा अंक बाँड्नुपरेको हो।

खेलको १८औं मिनेटमा अर्नाउट डान्जुमाले गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए। तर, दुई मिनेटमैपछि नै मार्कुस लरेन्टोले एन्टोइन ग्रिजमनको पासमा एट्लेटिकोका लागि बराबरी गोल फर्काए।

त्यसपछि ३७औं मिनेटमा एट्लेटिकोका कोकेलेल आत्मघाती गोल गर्दा भियारियलले २–१ को अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा अलेजान्द्रो सोर्लोथले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

त्यसपछि बाँकी समय दुबै टोलीबाट गोल हुन नसक्दा खेल २–२ को बराबरीमा सकियो र दुवै टिमले समान एक अंक पाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →