← समाचारमा फर्कनुस्
Football Oct 14, 2026 · Swadesh

एट्लेटिको म्याड्रिडसॅंग म्यानचेस्टर युनाइटेड पराजित

एट्लेटिको म्याड्रिडसॅंग म्यानचेस्टर युनाइटेड पराजित

यूईएफए च्याम्पियन्स लिग २०२६/२७ को लिग चरण अन्तर्गत बुधबार भएको खेलमा एट्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले पराजित गरेको छ।

खेल सुरु भएको जम्मा ५० सेकेन्डमै पाब्लो बारियोसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। एलेक्स बाएनाको पासमा बारियोसले गरेको प्रहार युनाइटेडका गोलकिपर सेन लामेन्सलाई छल्दै जालमा परेको थियो।

त्यस्तै खेलको ७४ औँ मिनेटमा युनाइटेडका डिफेन्डर लेनी योरोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित हुन पुग्यो।

युनाइटेड १० खेलाडीमा झरेको मौकामा ७९ औँ मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे। उनले जोनाथन डेभिडको प्रहार गोलकिपरले बचाएपछि रिबाउन्डमा गोल गरेका थिए।


एट्लेटिकोका कप्तान कोके आमाको निधनका कारण खेलमा अनुपस्थित थिए। दुवै गोल कोकेलाई समर्पित गरिएको थियो। बारियोसले गोलपछि ६ औंला देखाएर कोकेलाई श्रद्धाञ्जलि दिएका थिए।

यो हारसँगै म्यानचेस्टर युनाइटेड प्रशिक्षक माइकल क्यारिकमाथि थप दबाब बढेको छ। टोली सबै प्रतियोगितामा गरी पाँच खेलदेखि जितविहीन छ र घरेलु लिगमा ४० वर्षकै खराब सुरुवात गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →