← समाचारमा फर्कनुस्
Football Jan 19, 2024 · Nepalsports

रियललाई पराजित गर्दै एट्लेटिको मड्रिड कोपा डेल रे को क्वार्टर फाइनलमा प्रवेश

रियललाई पराजित गर्दै एट्लेटिको मड्रिड कोपा डेल रे को  क्वार्टर फाइनलमा प्रवेश

स्पेनिस कोपा डेल रे फुटबलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई पराजित गरेको छ । बिहीबार घरेलु मैदानमा एट्लेटिकोले रियल मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 


खेलमा अग्रता एट्लेटिकोले सेमुअल लिनोको गोलमा लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा लुका मड्रिडको फ्रिकिकलाई क्लियर गर्ने क्रममा जान ओब्लाकले आत्मघाति गोल गरेपछि रियलले खेल बराबरी बनाए । 


खेलको ५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाएको थियो। खेल सकिन ८ मिनेटअघि जुड बेलिङघमको क्रसमा जोसेलुले हेडमार्फत पुन खेल बराबरीमा ल्याएका थिए । 


खेलको अतिरिक्त समयमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई ३-२ बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा रोड्रिगो रिक्वेल्मेले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →