← समाचारमा फर्कनुस्
Football Aug 12, 2026 · Swadesh

भिल्लाको सामना गर्न अगाडि पीएसजी भन्छ, सबथोक जित्ने उद्देश्य

भिल्लाको सामना गर्न अगाडि पीएसजी भन्छ, सबथोक जित्ने उद्देश्य

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज बुधबार राति हुने यूईएफए सुपरकप फाइनलको खेलमा एस्टन भिल्लाको सामना गर्दैछ र त्यस अगाडि प्रशिक्षक लुइस एनरिकले भनेका छन्, आफ्नो क्लबको उद्देश्य रहेको छ, सबथोक जित्ने । गत सिजन फ्रान्सेली क्लबका लागि उत्कृष्ट रह्यो र यसक्रममा उसले लगातार दोस्रो पल्ट युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

यस्तै पीएसजीले यूईएफए सुपरकप मात्र होइन्, लगातार पाँचौं पल्ट लिग वान, फ्रेन्च च्याम्पियन्स ट्रफि र फिफा इन्टर कन्टिनेन्टलकप पनि जितेको थियो । यसपल्टको नयाँ सिजनका सुरुआत भने उसले यूईएफए सुपरकपसँगै गर्दैछ । खेल अस्ट्रियाको साल्सबर्गमा हुनेछ र मध्यरात पौने १ बजे सुरु हुनेछ ।

त्यस खेल अगाडि मिडियाको सामना गर्दै प्रशिक्षक एनरिकले भनेका छन्, ‘हामीले अबको खेलमा हाम्रो कुन स्तरको टिम हौ, त्यो मैदानमा खेलेर देखाउनु छ । हामी यो सिजन पनि सबथोक जित्न चाहन्छौं । इतिहास भन्छ, फुटबलमा जहिले पनि सबथोक जित्न सकिन्न । तर पनि हाम्रो उद्देश्य यस्तै ठूलो रहनेछ ।’

गत सिजन पीएसजीले टोटनहमलाई हराएर यूईएफएक सुपरकप जितेको थियो । यस्तै २०२४/२०२५ को च्याम्पियन्स लिगको क्वाटरफाइनलमै पनि पीएसजीले भिल्लालाई हराएको थियो । भिल्लाका प्रशिक्षक उनइ एमरीले खेल अगाडि मिडियासँगको कुराकानीमा पीएसजी नै जितका लागि बलियो प्रत्यासी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘पीएसजी धेरै अर्थमा जितका लागि बलियो देखिन्छ । तर हामीले पनि यो खेलका लागि राम्रो तयारी नै गरेका छौं ।’ सन् १९८२ यता पहिलो पटक भिल्ला यूईएफए सुपर लिगको फाइनल खेल्दैछ । पीएसजीले च्याम्पियन्स लिग र भिल्लाले युरोपा लिग विजेताका रूपमा यो खेल खेल्न लागेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →