← समाचारमा फर्कनुस्
Cricket Oct 23, 2023 · Nepalsports

आसिफ र दिपेन्द्रको उत्कृष्ट प्रर्दशनीमा नेपालको जित

आसिफ र दिपेन्द्रको उत्कृष्ट प्रर्दशनीमा नेपालको जित

काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई पराजित गरेको छ । सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको हो । 

सिरिजमा फाइनल पुगिसकेको नेपाल लिग चरणका चारै वटा खेलमा जित हात पारेको हो ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा  ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालको जितमा आसिफ शेखले शानदार अर्धशतक प्रहार गरे । 

सुरुवाती तीन  विकेट गुमाएर दबाबमा आएको नेपाललाई आशिफ र कप्तान रोहित कुमार पौडेलको साझेदारीले  उकासेका थिए । 

आसिफले  ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए भने रोहितले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनको योगदान गरे । 

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट इनिङ्स खेले । दीपेन्द्रले १५ बलमा ६ चौका र १ छक्का अविजित ४० रनको योगदान गरे । जसमा उनले पहिलो बलना  छक्का प्रहारगरेको  हो । गुल्सन झा १ रनमा अविजित रहे ।

युएईका लागि मुहामद्दजवादुल्लाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए। त्यस्तै आकिफ राजाले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। जाहोर खानले ३.२ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएको थियो।

यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

वृत्त्या अरविन्दले ५१ बलमा ४ चौका प्रहार गर्दै ४५ रन बनाएको थियो भने बासिल हमिदले १९ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाएको थियो। असिफ खानले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए । अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका सोमपाल कामीले  ४ ओभरमा ३३ रन खर्चेर २ विकेट र अविनाश बोहराले  ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिएको थियो। त्यस्तै करण केसीले  ४ ओभरमा ५३ रन खर्चेर १ विकेट र गुल्सन झाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिएको थियो ।

एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ । 

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →