← समाचारमा फर्कनुस्
Cricket Oct 06, 2023 · Shishir

एसियाली खेलकुद : अफगानिस्तान र भारत फाइनलमा

एसियाली खेलकुद : अफगानिस्तान र भारत फाइनलमा

काठमाडौँ, १९ असोज : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा भारत र अफगानिस्तानले फाइन खेलमा स्वर्ण पदकाको लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै भारतले फाइनलमा स्थानमा पक्का गरेको हो। शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान पनि फाइनलमा प्रवेश गरेको छ।

चीनको हाङझाउमा भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले ९ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो।

भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए। उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन्। त्यस्तै कप्तान रितुराज गायकवाडले ४० रन बनाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →