माल्दिभ्सलाई हराउँदै नेपाल एशियन गेम्सको क्वाटरफाइनलमा

काठमाडौँ । चीनमा जारी १९औं एशियन गेम्सको क्रिकेट अन्तर्गत नेपाल क्वाटरफाइनलमा पुगेको छ।
माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा प्रवेश गरेको हो।
नेपालले दिएको २१३ रनको लक्ष्य पछाएको माल्दिभ्सले १९.४ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको हो। मुआवियाथ गनीले ३४ बलमा २ छकका र २ चौका प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए भने रसिद रसमले २९ बलना १ चौका प्रहार गर्दै नटआउट १२ रन बनाए । फरिद शियसले १० रन जोडे भने ईश्माइल अली र हुसेन साडिनले ३/३ रन जोडे । माल्दिभ्सका ६ खेलाडी शुन्य रनमा प्याविलियन फर्किएका थिए ।
नेपालका अभिनाष बोहराले सर्वाधिक ६ विकेट लिएका थिए । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक २७ बलमा ५२ रन बनाएका थिए। त्यस्तै कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए। त्यस्तै गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |