← समाचारमा फर्कनुस्
Top Headlines Sep 15, 2026 · Swadesh

एसियाली गेम्स खेल्ने टोली घोषणा

एसियाली गेम्स खेल्ने टोली घोषणा

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बर २४ देखि अक्टोबर ३, २०२६ सम्म जापानमा आयोजना हुने एसियाली गेम्स  पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको चयन गरेको छ।

संघले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली चयन गरिएको हो। टोलीमा कुशल भुतेंल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन्।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त चयन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →