← समाचारमा फर्कनुस्
Cricket Sep 16, 2025 · Swadesh

एसिया कप: युएई र श्रीलंका विजयी

एसिया कप: युएई र श्रीलंका विजयी

काठमाडौँ । एसीसी एसिया कप अन्तर्गत सोमाबार भएको आ–आफ्नो खेलमा युएई र श्रीलंकाले विजयी हासिल गरेका छन्। 


दिनको पहिलो खेलमा युएईले ओमान ४२ रन तथा श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गरेको हो। 


युएईले दिएको १७३ रनको लक्ष्य पछ्याएको ओमान १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १३० रन बनाउन सक्यो। 


जितसँगै समूह 'ए' को युएईले दुई खेलमा दुई अंक जोडेको छ भने ओमाले लगातार दोस्रो हार ब्यहोरेको छ। 


ओमानका लागि आर्यन बिष्टले सर्वाधिक २४ रन बनाए। कप्तान जतिन्द्र सिंह र विनायक शुक्लले समान २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन्न।


यता, युएईका लागि जुनैद सिद्दिकीले चार विकेट हात पारे। 


त्यसअघि पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो। 


युएईका लागि महोमद वासीमले ६९ र अलिशान शराफुले ५१ रनको अर्धशतकीय पारि खेलेका थिए। 


यस्तै, समूह 'बी' को खेलमा हङकङलाई हराएको श्रीलंकाले लगातार दोस्रो जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ। यता लगातार तेस्रो हार ब्यहोरेको हङकङ पूछारमा छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →