← समाचारमा फर्कनुस्
Cricket Sep 19, 2025 · Swadesh

एसिया कप: सुपर फोरको समीकरण पूरा

एसिया कप: सुपर फोरको समीकरण पूरा

काठमाडौँ। एसीसी एसिया कपको सुपर फोरको समीकरण पूरा भएको छ। 

 

समुह चरणको एक खेल हुन बाँकी हुदानै सुपर फोरमा पुग्ने चार देशको टुंगो लागेको हो।


समूह 'ए' बाट भारत र पाकिस्तान तथा समुह 'बी' बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन्। त्यस्तै समुह 'ए' बाट युएई र ओमान तथा समुह 'बी' बाट अफगानिस्तान र हङकङ बाहिरिएका छन्। 


बिहिवार राति सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै श्रीलंका समुह 'बी' मा अपराजित रहदै शीर्ष स्थानमा रहेको छ। त्यस्तै समुह 'बी' मा बंगलादेश ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ। 


अब सुपर फोरमा रहेका सबै देशले एक अर्काविरुद्ध खेल्ने छन्। त्यसमा शीर्ष स्थानमा रहेने दुई देश फाइनलमा पुग्ने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →