← समाचारमा फर्कनुस्
Cricket Nov 24, 2024 · Swadesh

एसिया कप खेल्ने नेपाली टोली घोषणा

एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । हेमन्त धामीकाे कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ।

आइतबार क्यानले युएईमा आयोजना हुने सो प्रतियोगिताको लागि १५ सदस्य टोलीको घोषण गरेको हो।

आगामी मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिगामा नेपाल समूह 'बी' मा रहेको छ।

नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह 'ए' मा भारत, पाकिस्तान, जापान र युएई छन्। यस्तै नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्ने छन्।

नेपाली टोली

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), मयन यादव, उत्तम थापा, आकाश त्रिपाठी, युनिस विक्रमसिंह ठकुरी, नरेन साउद, नरेन भट्ट, युवराज खत्री, अपराजित पौडेल, सन्तोष यादव, रोशन विक, विपिन महतो, अभिषेक तिवारी र रन्जित कुमार।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →