← समाचारमा फर्कनुस्
Cricket Jul 27, 2025 · Swadesh

एसिया कप : भारत र पाकिस्तान एकै समूहमा

एसिया कप : भारत र पाकिस्तान एकै समूहमा

काठमाडौँ । एसियन क्रिकेट काउन्सिलले एसिया कपको तालिका सार्वजनिक गरेको छ।

युएईमा आयोजना हुने प्रतियोगितामा ८ देशका पुरुष टिमबीच ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म हुने भएको छ। 

प्रतियोगितामा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत, पाकिस्तानसँगै युएई र ओमान समूह ए मा रहेका छन् भने श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ समूह बी मा रहेका छन्। 

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान र हङकङ खेल्दैछन्।  

यस्तै, भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ। खेलहरू दुबई र अबुधाबीमा खेलिनेछन् ।

यस प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड भएपनि भारत र पाकिस्तान बीचको तनावका कारण दुवै देशले २०२७ सम्म तटस्थ स्थानमा मात्र खेल खेल्न सहमति जनाएकाले प्रतियोगिता संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको हो। 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →