एसिया कप : नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले शुक्रवार (आज) आफ्नो पहिलो खेल खेल्दै छ।
श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा हुने नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ।
इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीमा पूर्व कप्तान रुबिना क्षेत्री, सिता रानामगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार, लक्ष्मी साउद, अलिसा खडिया, अप्सारी बेगम र अस्मिना कर्माचार्य रहेका छन्।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।
समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |