← समाचारमा फर्कनुस्
Football Sep 23, 2026 · Swadesh

आर्टेटासँग नयाँ सुधारिएको सम्झौता

आर्टेटासँग नयाँ सुधारिएको सम्झौता

इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले बिहीबार आफ्ना प्रशिक्षक मिखेल आर्टेटासँग नयाँ सुधारिएको सम्झौता गरेको छ । स्पेनी प्रशिक्षकसँग यो सिजनको समाप्तीमा टुंगिने थियो । उनकै नेतृत्वमा गत सिजन आर्सनलले लिग उपाधि जितेको थियो ।

नयाँ अनुबन्धका लागि लामो समयदेखि कुराकानी चलिरहेको थियो । नयाँ अनुबन्धबारे केही पनि खुलाइएको छैन्, तर उनी लामो समय आर्सनलमा रहने छन् । यस्तोमा उनी लामो समय आर्सनलको नेतृत्व लिने प्रशिक्षकमध्ये एक हुनेछन् ।  

सन् २०१९ मा पहिलो पटक आर्सनल सम्हालेका आर्टेटाले अब कम्तीमा दस वर्ष लन्डनमा बिताउने छन् । पुरानो सम्झौता अनुसार उनको वार्षिक तलब एक करोड पाउन्ड रहेकोमा त्यसमा ठूलो वृद्धि गरिएको छ र टिमको प्रदर्शनको अनुसार बोनस पनि दिइनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →