← समाचारमा फर्कनुस्
आर्सनलको लगातार दोस्रो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनल लगातार दोस्रो जित दर्ता गरेको छ।
शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा लियोनार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले खेलको ६७औं मिनेटमा अग्रता लिएको थियो। ट्रोसान्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए।
त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो। त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि आर्सनल २–० को नतिजा निकाल्न सफल भयो। यो जितसँगै आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ भने पराजित एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |