← समाचारमा फर्कनुस्
आर्सनल उपाधितर्फ अगाडि बढ्दै

कुनै ठूलो नाटकीय पतन भएन भने आर्सनलले यसपल्ट इंग्लिस प्रिमियर लिग जित्नेछ । उसले शनिबार लिग तालिकाको शीर्षमा नौ अंकको ठोस अग्रता लिएको छ र यसका लागि सन्डरल्यान्डलाई सजिलै ३–० ले हरायो ।
त्यसमा भिक्टर ग्वेक्वेरेसले दुई र मार्टिन जुडिबेन्डीले एक गोल गरे । यो जितपछि आर्सनलको ५६ अंक भएको छ । दोस्रोमा रहेको म्यानचेस्टर सिटी ४७ अंकमा रहेको छ । एस्टन भिल्ला ४७ अंकमै तेस्रो स्थानमा छ । भिल्लाले भने बर्नमाउथसँग १–१ को बराबरी खेलेको छ ।
यस्तै चेल्सीले उल्भ्सलाई ३–१ ले हरायो । अन्य खेलमा एभरटनले फुलहमलाई २–१, वेस्ट ह्यामले बर्नलीलाई २–०, म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २–० र ब्रेन्टफोर्डले न्युकासल युनाइटेडलाई ३–२ ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women