TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 04, 2026 · Swadesh

चेल्सीलाई पन्छाएर आर्सनल लिगकप फाइनलमा

चेल्सीलाई पन्छाएर आर्सनल लिगकप फाइनलमा

 काइ हाभर्टेजले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलको मदतले आर्सनलले चेल्सीलाई १–० ले पराजित गर्दै मंगलबार लिगकपको फाइनल यात्रा निश्चित गरेको छ । यससँगै आर्सनल समग्रमा ४–२ ले अगाडि रह्यो ।


पहिलो लेगको सेमिफाइलनमा आर्सनल ३–२ ले अगाडि थियो । इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलसामु छ वर्षयता फाइनल खेल्ने अवसर जुरेको हो । आर्सनल युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि पुगिसकेको छ ।


उपाधिको भिडन्तमा आर्सनलको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी अथवा न्युकासल युनाइटेडमध्ये एक हुनेछ । अर्को पहिलो लेगको सेमिफाइनलमा सिटी २–० ले अगाडि रहेको छ र दोस्रो लेग बुधबार हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →