TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 21, 2026 · Swadesh

आर्सनलको लगातार सातौं जित

आर्सनलको लगातार सातौं जित

आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो लगातार सातौं जित निकाल्ने क्रममा मंगलबार इन्टर मिलानमाथि ३–१ को शानदार जित निकालेको छ र यसमा ग्याब्रिएल जेससले दुई गोल गरे । आर्सनल सानसिरोमा प्राप्त यस जितपछि सात खेलबाट २१ अंकसहित शीर्ष स्थानमा छ।


रियल म्याड्रिड भने मोनाकोलाई ६–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेका छ र उसको १५ अंक भएको छ । त्यसमा स्टार खेलाडी केयलिन एमबापेले दुई गोल गरे । यत्तिकै भाग्यमानी म्यानचेस्टर सिटी र डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) रहेनन् ।


सिटी बोडो/गिल्म्टहो हातबाट ३–१ ले पराजित रह्यो र यसलाई प्रतियोगिताको इतिहासकै एक अप्रत्यासित नतिजा मानिएको छ । यस्तै पीएसजी भने स्पोर्टिङ लिस्वनको हातबाट २–१ ले पराजित रह्यो । टोटनहमले भने बोरुसिया डर्टमुन्डलाई २–० ले हराउन सफल रह्यो ।


अन्य खेलमा क्लब ब्रुगले काइराट अल्माटीलाई ४–१, ओलम्पियाकोजले बायर लेभरकुजनलाई २–० र आयाक्सले भिल्लारियललाई २–१ हरायो । यस्तै कोपनहेगन र नेपोलीबीचको खेल १–१ को बराबरी टुंगियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →