प्रिसिजन मैत्रीपूर्ण खेल: आर्सनलद्वारा जिरोना ४-१ ले पराजित

स्पेनको एस्टाडी म्युनिसिपल डि मोन्टिलिभीमा भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा आर्सनलले घरेलु टोली जिरोनालाई ४-१ को फराकिलो जित हात पारेको छ।
आर्सनलले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो। नयाँ सिजनको पूर्वतयारी स्वरुप खेलिएको यो ट्रोफियो कोस्टा ब्राभा खेलमा आर्सनलका युवा र नयाँ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। खेलको १६ औं मिनेटना आर्सेनल १६ वर्षका युवा प्रतिभा म्याक्स डोम्यानको उत्कृष्ट पासमा काई हाभर्ट्जले सुन्दर गोल गर्दै आर्सेनललाई १-० को अग्रता दिलाए।
त्यस्तै खेलको ३० औं मिनेटमा आर्सनलका नयाँ खेलाडी क्रिस्टोस जोलिसले डि-बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै टोलीका लागि २० गोल र आफ्नो पहिलो डेब्यु गोल दर्ता गरे।
खेलको ५० औं मिनेटमा जिरोनाका कप्तान अर्नौ मार्टिनेजले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गर्दै खेलमा फर्कने प्रयास गरे।
आर्सनलले खेलको ५३ औं मिनेटमा म्याक्स डोम्यानले उत्कृष्ट गोल गर्दै ३-१ को नतिजामा पुऱ्याए। त्यस्तै खेलको ५५ औं मिनेटमा जिरोनाका डिफेन्डरहरूको गल्तीको फाइदा उठाउँदै गाब्रिएल जेजुसले चौथो गोल गर्दै आर्सनलको जित पक्का गरे।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |