← समाचारमा फर्कनुस्
Football Aug 01, 2024 · Swadesh

आर्सनल लिभरपुलसँग पराजित

आर्सनल लिभरपुलसँग पराजित

काठमाडौं । प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनल लिभरपुलसँग पराजित भएको छ। 

प्रि–सिजनको क्लब मैत्रिपुर्ण खेलमा अमेरिकाको लिंकन फाइनान्सियल फिल्ड मैदानमाबिहिवार विहान सम्पन्न खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो। 

लिभरपुलको जितमा महोम्मद सलाह र फाबियो कार्भाल्होले गोल गरे भने आर्सनलका लागि काइ हाभर्टेजले गरेको गोल सान्त्वना बन्यो। 

खेलको १३औँ मिनेटमा सलाहको गोलमार्फत लिभरपुलले सुरुआती अग्रता बनाएको थियो। ३४औँ मिनेटमा कार्भाल्होले टोलीको अग्रता दोब्बर बनाए।

४०औँ मिनेटमा हाभर्टेले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत दिए पनि त्यसपछि बाँकी समय थप गोल नहुँदा लिभरपुल विजयी भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →