TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 18, 2026 · Swadesh

आर्सनल सात अंकले अगाडि

आर्सनल सात अंकले अगाडि

आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षमा सात अंकको अग्रता खोलेको छ । नटिंघम फरेस्टले शनिबारको खेलमा गोलरहित बराबरीमा रोके पनि आर्सनललाई खासै घाटा भएन् ।


यसअघिको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित रहेको थियो । यस्तै लिभरपुल पनि बर्नलीको हातबाट १–१ को बराबरीमा चित्त बुझाउन बाध्य रह्यो ।


अब आर्सनलको २२ खेलपछि ५० अंक भएको छ । सिटी ४३ अंकमा दोस्रो तथा लिभरपुल ३६ अंकमा चौथोमा छ । एस्टन भिल्ला भने ४३ अंकमा तेस्रो स्थानमा छ र उसको सामु दोस्रोमा उक्लने अवसर छ ।


शनिबारका अन्य खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–०, लिड्स युनाइटेडले फुलहमलाई १–०, सन्डरल्यान्डले क्रिस्टल प्यालेसलाई २–१ र वेस्ट ह्यामले टोटनहमलाई २–१ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →