← समाचारमा फर्कनुस्
डुरान्ड कपमा आर्मीको सान्त्वना जित

काठमाडौं । डुरान्ड कपमा नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सान्त्वना जित हासिल गरेको छ।
जवाहरलाल नेहरु रंगशालामा मंगलबार आर्मीले समूह चरणको अन्तिम खेलमा रांगदाजित युनाइटेमाथि २–० को जित हासिल गरेको हो।
आर्मी जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरे।
खेलको २१औं मिनेटमा जिलेस्पीको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। ५७औं मिनेटमा उनैले पेनाल्टीमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे।
समूह ‘एफ’ रहेको आर्मी पहिलो खेलमा सिलोङ लाजोङ १–० र दोस्रो खेलमा गोवा एफसीसँग २–१ ले पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |