← समाचारमा फर्कनुस्
फाइनलका लागि आर्मी र चर्चब्वाइज भिड्दै

जारी २३औं आहारारा गोल्डकपमा आज फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दै छ । पोखरा रंगशालामा दिउँसो २ः३० बजेदेखि खेल सुरु हुनेछ ।
क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्रिभुवन आर्मी क्लब संकटालाई १-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखियस प्रतियोगीता खेलेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १–० ले पराजित हुँदै बाहिरिनुपर्यो ।
आजको खेल विजेताले शनिबार उपाधिका लागि थ्रीस्टार क्लबसंग खेल्नेछ । थ्रीस्टार क्लबले सेमिफाइनलना जावलाखेललाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |